संदेश नबुझ्दा बुढानिलकण्ठवासीलाई सास्ती, नगरपालिका हैन जिल्ला प्रसासन कार्यालय जाउँ !
कपन अनलाइन
काठमाण्डौ ,माघ ९।
बुढानीलकण्ठ नगरपालिका आज माघ ९ गते धेरै नगरवासीहरु रास्ट्रीय परिचय पत्र लिनका लागि नगरपालिका पुगेका थिए। रास्ट्रीय परिचय पत्र बनाएर नम्बर मात्र लिएका नगरवासीहरुलाई आएको एउटा संदेश नबुझ्दा धेरैले सास्ती पाएका छन।
राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता गराएका नगरवासीहरुको मोबाइलमा आएको Dear your NID card has been received at Budhanilkantha Municipality. You can collect your card within office hours. Best regards, DoNIDCR मेसेज नबुझ्दा उनीहरुले सास्ती पाएका हुन्।
सो संदेशका अनुसार राष्ट्रिय परिचयपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमलको कोठा नं. १३५ बाट वितरण हुने जानकारी दिइएको छ। तर धेरै नगरवासीले बुढानिलकण्ठ नगरपालिकाको कोठा नं १३५ भन्ने बुझेर जिल्ला प्रसासन कार्यालय नगई नगरपालिकामा आएका छन।
राष्ट्रिय परिचयपत्र तयार भएको मेसेज लगायतका कागजातहरु लिई सम्बन्धीत व्यक्ति स्वयम् नै जिल्ला प्रशासन कार्यालय बबरमलमा सम्पर्क राखी राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिन्छ ।
संदेश :