ओप्स खेलकुद महोत्सव : हिमरश्मि प्रथम फेरील्यान्ड दोश्रो स्थानमा

ओप्स खेलकुद महोत्सव : हिमरश्मि प्रथम फेरील्यान्ड दोश्रो स्थानमा

कपन अनलाइन

काठमाण्डौ ,माघ ७।

सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । सेब ब्वाइज तथा हिमरश्मि गल्र्समा च्याम्पियन बनेका छन । त्यस्तै सो बास्केटबल प्रतियोगितामा फेरी ल्याण्ड स्कुल बुढानिलकण्ठ -१०  ले दितिय स्थान हाशिल गरेको छ।
डाँडागाउँस्थित हिमरश्मिको कोर्टमा भएको ब्वाइज फाइनलमा सेबले एन्जल्स हार्टलाई ४७–२३ ले पराजित गर्यो  । सेबको जितमा विप्लव गुरुङले १८ अंक योगदान गरे ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको गल्र्सको रोमाञ्चक उपाधि भिडन्तमा खुशी अधिकारीको ६ अंक सहयोगमा हिमरश्मिले फेरिल्यान्डलाई १४–१० ले हरायो ।
हिमरश्मिले ८–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएको हो । चौथो क्वाटरको कुनै समय खेल १०–१० को बराबरी स्थितिमा थियो । त्यसबेला सिर्जना तामाङले २ स्कोर गर्दै हिमरश्मिलाई १२–१० ले अग्रता दिलाइन् । सिर्जनापछि निमा तामाङले २ अंक जोड्दै हिमरश्मिका लागि उपाधि सुनिश्चित गरिन् । ब्वाइजमा १३ तथा गल्र्समा ९ टिम सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।