गोकर्णेश्वरका महिला समुहमा रुवावासी, सुरक्षा माग्दै ८ जना प्रहरी कार्यालयमा
कपन अनलाइन
काठमाडौं , पुस २३ ।
गोकर्णेश्वर नगरपालिकाका महिला समुहहरुमा रुवावासी , सुरक्षा माग्दै ८ जनाको उजुरी
गोकर्णेश्वर नगरपालिकामा रहेको बेथिति र विसंगती विरुद्ध आवाज उठाउदा विभिन्न धाक धम्की र सुरक्षा माथि नै चुनौती दिएको भन्दै ८ जनाले प्रहरी वृत बौद्धमा उजुरी दिएका छन ।
गोकर्णेश्वर नगरपालिकाका महिला समुहहरुका नाममा गएको रकम सार्वजनिक गरे पश्चात विभिन्न समुह र व्यक्तिहरुबाट ज्यान मार्ने धम्कि दिइएको भन्दै उनीहरुले प्रहरीमा उजुरी दिएका हुन्।
सो उजुरी दिनेमा किरण केसी ,आदर्श क्षेत्री ,राजु सुनार ,अस्मिता खत्री ,मनोज चालिसे ,बलराम चालिसे ,श्याम अधिकारी र मदन प्याकुरेल रहेका छन।
उजुरी :
तपाइँको प्रतिक्रिया ।