अति धेरै महत्वकांक्षा भएका कारण पनि पार्टीमा विभिन्न समस्या देखियो : शेखर कोईराला

अति धेरै महत्वकांक्षा भएका कारण पनि पार्टीमा विभिन्न समस्या देखियो : शेखर कोईराला
कपन अनलाइन
काठमाण्डौ ,पुस १८।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोर्ईरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिने बताएका छन   उनले । नेतामा यी दुबै कुरा आवश्यक छ तर अहिलेका नेता तथा युवाहरुमा दुबै कुरा नपाइने भन्दै  अति धेरै महत्वकांक्षा भएका कारण पनि पार्टीमा विभिन्न समस्या भोग्नु परेको बताएका छन  ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश स्तरिय भेला २०८० मा डा. कोईरालाले नेपाली कांग्रेस सुदृढ बनाउन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटा शब्द दिएर विपी कोईराला गएको बताउदै  यी तीनवटा कुरा लिएर नेपाली कांग्रेस अघि बढेमा कांग्रेस समाप्त नहुने धारणा व्यक्त गरेका थिए।
डा.कोर्ईरालाले भने , “नेपाली कांग्रेस विगतमा किन बलियो थियो र क्रमश किन कमजोर हुँदैछ भन्ने कुराहरु प्रजातन्त्र सेनानी संघलाई थाहा छ। तपाईँहरुले पार्टीलाई सल्लाह, सुजाव र प्रतिक्रिया दिनुपर्छ । पार्टीभित्र विगतमा भएका असल अभ्यास र अहिलेका नराम्रा कुराको तापाईहरुले सकारात्मक आलोचना गनुपर्छ ।”
नेपाली कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले नेपाली कांग्रेसले पुराना नेताहरुको अभिलेख पार्टीले राख्नुपर्ने बताउदै  मुलुकका लागि महत्वपुर्ण योगदान पुर्याएका हरुको अभिलेख राख्ने र विगतमा गरेका कामको आधारमा न्याय दिन पनि अभिलेख राख्नुपर्ने  धारणा राखेकी थिइन।
संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सेनानीहरुको परिचयपत्र नेपाल सरकारले दिनुपर्ने बताउदै  सेनानीले विगतको राजनीतिमा महत्वपूर्ण योगदान पुराएकोले  उहाँहरुको सम्मान पार्टीले अहिले गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।