रास्ट्रपति रनिङ्ग शिल्ड बुढानिलकण्ठ स्कुललाई:बुढानिलकण्ठ मावी दितीय,बाल उद्दार र गणेश तृतीय
बुढानीलकण्ठ नगर स्तरीय “चौथो रााष्ट्रपति रनिङ् शिल्ड” प्रतियोगिताको उपाधि फेरी पनि बुढानीलकण्ठ स्कुलले हात पारेको छ ।
प्रथम, दोस्रो र तेस्रो संस्करणको उपाधि जिते सँगै र बुढानीलकण्ठ स्कुल रास्ट्रपति रनिङ्ग शिल्ड कब्जा गर्ने नगरपालिकाकै पहिलो विद्यालय हुन सफल भएको छ।उपाधिसंँगै बिजेता स्कुलले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको द्वित्तिय ट्रफिको लागि ५ वटा स्वर्ण पदक, ३ वटा रजत पदक र ३ वटा कांस्य पदक जितेर वडा नं ३ को बुढानीलकण्ठ मा.वि. उपबिजेता बनेको छ । उपाधि साथै बुढानीलकण्ठ मा.वि. ले नगद रु. ३० हजार हात परेको छ ।
यस्तै वडा नं ०३ नारायण्स्थानमा रहेको श्री बाल उद्दार मा.वि. र गणेश मा.वि. ले तेश्रो उपाधी र नगद रु. २० हजार प्राप्त गरेको छ । उपाधीको लागी श्री बाल उद्दार मा.वि. ले ५ स्वर्ण पदक, १ रजत पदक र ४ वटा कांस्य पदक तथा गणेश मा.वि. ले ५ स्वर्ण पदक, १ रजत पदक र १ वटा कांस्य पदक पाएका थिए । प्रतियोगिताको कार्यविधी अनुसार तृत्तिय पुरस्कारको उपाधी २ वटा विद्यालयले पाउने प्रावधान रहेको छ ।
प्रतियोगिताको आज समापन कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनितालामा, नगर प्रवक्ता नवराज भट्टराई, समाजिक विकास समिति संयोजक शान्ता पुडासैनी, नगर खेलकुद संयोजक सुमन तामाङ, कार्यपालिका सदस्य मेन्दोक शेर्पा,वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं का ५ अध्यक्ष कृष्ण ठकुरी, वडा नं ६ का अध्यक्ष रावि खड्का, वडा नं ९ का अध्यक्ष सुमित्रा त्रिपाठि पाण्डे, वडा नं ११ अध्यक्ष राजु अधिकारी लगायत प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्याल, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले संयुक्त रुपमा विजेता समुह र खेलाडिहरुलाई शिल्ड, नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
सामुदायिक र संस्थागत ४० वटा माध्यमीक विद्यालयहरू सहभागी भएको यस प्रतियोगितामा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), ट्रयाक दौड र रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो , मार्सल आर्ट, उसु लगायत तेक्वान्दो जस्ता खेलहरुमा १४९३ जना खेलाडिहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।