चावहिल गणेशस्थान मैदानमा लुम्बिनी र सांग्रिलाको जित
कपन अनलाइन
काठमाण्डौ,पुस १५ ।
लुम्बिनी र सांग्रिला सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनीले गणेश हिमाललाई २–१ गोलले पराजित ग¥यो । लुम्बिनीका रिजन दाहाल र रविन बुढाथोकीले गोल गरे । गणेशका दिप्लव नेपालले गोल गरे । सांग्रिलाले पिस प्वाइन्ट ‘बी’ लाई ४–० ले हरायो । चारै गोल चूढामणि राईले गरे ।
चावहिल गणेशथान मैदानमा छहारीले पशुपतिलाई १–०, बाल भविष्यले ओडिसीलाई १–०, विनायकले बृहस्पति विद्या सदनलाई ४–३, बोर्न स्काइलार्कले जोसेफलाई ३–१ र न्यु एराले एनआईसी एकेडेमीलाई ३–२ गोलले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
तपाइँको प्रतिक्रिया ।