म बुढानिलकण्ठ वडा नं १० कमिटी अध्यक्षको स्वभाविक दावेदार हुँ : शम्भु शरण पौडल

म बुढानिलकण्ठ वडा नं १० कमिटी अध्यक्षको स्वभाविक दावेदार हुँ : शम्भु शरण पौडल

कपन अनलाइन

काठमाण्डौ,पुस १३।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीका सचिव शम्भु शरण पौडेलले अध्यक्ष पदमा दावी गर्ने बताएका छन। पुस १४ गते हुने वडा अधिवेसनमा आफु अध्यक्ष पदको स्वाभाविक दावेदार रहेको भन्दै पौडेलले तयारी शुरु गरेको बताएका हुन्।

हाल वडा कमिटीका सचिव रहेका पौडेलले  लामो समयदेखि युवा संघ लगायत अन्य संगठन हुदै नेकपा एमालेको वडा कमिटीमा विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन।

नेकपा एमाले बुढानिलकण्ठ -१० को संगठनलाई मजबुत बनाउदै अझ शशक्त बनाउने योजना रहेको जानकारी दिदै उनले सहयोगका लागि सबैमा अनुरोध समेत गरेका छन ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अधिवेसन पुस १४ गते सनिवार हुने भएको छ।बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा ठुलो वडाका रुपमा रहेको वडा नं १० ले आगामी सनिवार १० बजे हुने सो अधिवेसनको तयारीलाई तीव्रता दिएको आयोजकले जानकारी दिएको छ ।

वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने सो अधिवेसनमा साविक कपन गाविस वडा नं  ३ र हाल वडा नं १० बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।