नेफ–ऋत कप अन्तरविद्यालय फुटबलमा जोसेफलाई सफलता

नेफ–ऋत कप अन्तरविद्यालय फुटबलमा  जोसेफलाई  सफलता

कपन अनलाइन

काठमाण्डौ,पुस ११।

जोसेफले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा मंगलबार सफलता पाएको छ ।
उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा जोसेफले त्रिवेणी सदनलाई २–० गोलले पराजित गर्यो  ।
चावहिल गणेशथान मैदानमा भएको अन्य प्रतिस्पर्धामा छहारी सदनले अपी ‘ए’ लाई २–०, कौशल बोर्डिङ स्कुल (केब्स) ले प्राक्सिसलाई २–० र एमसीपीएसले क्लिनटनलाई ४–३ (टाइब्रेकर) गोलले हराए । पशुपतिले नेहबरउडबाट वाकओभर पायो ।

तपाइँको प्रतिक्रिया ।