बुढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

बुढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

कपन अनलाइन

काठमाण्डौ,पुस ९।

बुढानीलकण्ठ र गोल्डेन गेट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार फाइनलमा प्रवेश गरेको छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुढानीलकण्ठले टाइम्सलाई ८१–७८ ले पराजित गर्यो  ।

बुढानीलकण्ठका तेन्जिङ शेर्पाले ४१ अंक जोडे । गोल्डेन गेटले सीसीआरसीलाई १०५–१०२ ले हरायो । गोल्डेन गेटका नोकेश मगरले ४० स्कोर गरे ।
गल्र्समा बूढानीलकण्ठ र आईएसए नेपालले उपाधि भिडन्त पक्का गरिसकेका छन् । समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मंगलबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।