गजल : सानुराजा श्रेष्ठ ‘अञ्जान’

गजल : सानुराजा श्रेष्ठ ‘अञ्जान’
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।

मीठो साईनो रहरले गाँस्न पाए हुन्थ्यो,
दुःखेको छ मन अलि हाँस्न पाए हुन्थ्यो ।

सबैजना विराना छन्, सबै पराया छन्,
सारा मेरा सुखहरु बाँड्न पाए हुन्थ्यो ।

थाहै नदिई मुटु मेरो ह¥यो निष्ठुरीले,
पत्थरको त्यो छाती मास्न पाए हुन्थ्यो ।

पत्थरकै मुटु हुने बैगुनीको पनि
सबै सबै दुःखहरू साँच्न पाए हुन्थ्यो ।

मीठो साईनो रहरले गाँस्न पाए हुन्थ्यो,
सारा मेरा सुखहरु बाँड्न पाए हुन्थ्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।