व्यवसाय दर्ता/ नवीकरण सचेतना अभियान लिएर १३ वटै वडामा पुग्दै बुढानिलकण्ठ नगरपालिका

व्यवसाय दर्ता/ नवीकरण सचेतना अभियान लिएर १३ वटै वडामा पुग्दै बुढानिलकण्ठ नगरपालिका

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २१ ।

बुढानिलकण्ठ नगरपालिकाले १३ वटै वडामा व्यवसाय दर्ता/ नवीकरण सचेतना अभियान शुरु गरेको छ।

बुढानिलकण्ठ नगरपालिकामा संचालनमा रहेका व्यवसायहरुको नवीकरण र नगरपालिकामा संचालन रहेका तर करको दायरामा नआएका व्यवसायहरुको दर्ताका लागि जनप्रतिनिधिहरु सहितको टोलिले घरदैलो अभियान संचालन गरेका हुन्।

बुढानिलकण्ठ नगरपालिका राजस्व व्यवस्थापन शाखाको आयोजनामा भैरहेको सो अभियान मङ्सिर २० गते देखि पुस १३ गते सम्म संचालन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।