नक्कली भारतीय आधार कार्ड बनाउने बुढानिलकण्ठका एक सहित तिन जना पक्राउ

नक्कली भारतीय आधार कार्ड बनाउने बुढानिलकण्ठका एक सहित तिन जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २०।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली आधार कार्ड बनाउने कार्यमा संलग्न बुढानिलकण्ठका एक सहित  तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका गोविन्द खड्का, ओखलढुंगाका नविन राई र रुपन्देहीका बिनोद न्यौपाने रहेका छन् ।

‘काठमाडौँ उपत्यकाभित्र भएका क्यासिनोहरुमा हुने विभिन्न क्रियाकलापहरु माथि सुक्ष्म रुपमा निगरानी गर्दा जिल्ला दोलखा मेलुङ गापा वडा नम्बर ३ घर भई हाल . बूढानीलकण्ठ बस्ने गोबिन्द खड्काले उपत्यका भित्र भएका क्यासिनो प्रवेश गराई खेलाउने प्रयोजनको लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने बुझिन आएकोले यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८०।०८।१९ गते गोबिन्द खड्का लगायत ३ जनालाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको छ’,  कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया ।