बुढानिलकण्ठ नगरपालिका र पार्क भिलेज होटल विच “करको किचलो”

बुढानिलकण्ठ नगरपालिका र पार्क भिलेज होटल विच “करको किचलो”
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १४।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ र ५ को ठुलो क्षेत्रफलमा रहेको पार्क भोलेज होटल नगरको ठुलो व्यवसायिक कम्पनीका रुपमा रहेको छ।
सन् १९६८ मा स्थापना भएको काठमाण्डौ गेस्ट हाउस समुह अन्तर्गत रहेको सो पार्क भिलेज होटल उपत्यकाको चर्चित र सुविधासम्पन्न होटलका रुपमा रहेको छ।
आम मानिसहरुको क्रय शक्तिले नभ्याउने निकै महँगो सो होटलले बुढानिलकण्ठ नगरपालिकालाई बुझाउनु पर्ने विभिन्न करहरु हाल सम्म पनि नबुझाउदा नगर र होटल विच किचलो शुरु भएको छ।
मालपोत रजिस्ट्रेसन कर घटेर नगरपालिकाको आम्दानीमा अशर परिरहेको समयमा उक्त होटलले बुझाउनु पर्ने करहरु वर्षौ देखि नबुझाउदा नगरपालिकालाई ठुलो आर्थिक नोक्सानी भैरहेको एक जनप्रतिनिधिले बताएका छन।
नगरपालिका र वडा कार्यालयले पटक पटक ताकेता गरेपछि केहि महिना अगाडी होटलका प्रतिनिधि सम्पर्कमा आएपनि हालसम्म कर बुझाउने प्रक्रिया भने शुरु नभएको उनको भनाइ रहेको छ।
नगरपालिका स्थापना भएको १० वर्ष पुगीसक्दा पनि सो होटलले हालसम्म विभिन्न किसिमका करहरु तिर्न बाकि रहेको सो रकम साविक गाविस हुदा देखि नै हुनसक्ने भन्दै नगरले अध्ययन गरिरहेको र चाडै नै लाखौमा हुनसक्ने सो रकम सार्वजनिक गर्ने नगर श्रोतले जानकारी दिएको छ।
पटक पटक पार्क भिलेज होटल र यसले तिर्नुपर्ने करका वारेमा चर्चा भएपनि हालसम्म तिर्न र उठाउन तदारुकता र ताकेता प्रभावकारी रुपमा हुन् नसक्नु भने निकै गम्भीर र सोचनीय विषय रहेको एक समाजसेवीले बताएका छन।
कर संगै अन्य प्रक्रियागत विषयहरुमा पनि प्रश्न उठिरहेको समयमा नगरपालिकाका ठुला ठुला कार्यक्रम सोहि होटलमा संचालन हुनु झन् विचारणीय पक्ष रहेको भन्दै उनले यसका वारेमा पनि सार्वजनिक बहस हुनुपर्ने धारणा राखेका छन।
यस विषयमा वडा कार्यालय र नगरपालिका संग सम्पूर्ण विवरण माग गर्ने तयारी गरेको जानकारी दिदै उनले नगरपालिकामा रहेका अन्य व्यवसायिक संघ संस्थाहरुले दिनुपर्ने आर्थिक योगदान र सामाजिक आर्थिक दायित्वका वारेमा पनि अनुसन्धान भइरहेको बताएका छन।
तपाइँको प्रतिक्रिया ।