गुरु : तृष्णा श्रेष्ठ (कविता )

गुरु : तृष्णा श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

गुरू नै हो सबै बेद
गुरू नै हो सबै पुराण ।
गुरू लाई गर्नु सधैं सम्मान
अनी तिमीले पाउछौ मान ।।

भगवान पछि अरु कोई छ
भने त्यो नै हौ तिमी गुरु ।
बाटो बिराएर हिडनेलाइ
सुधार्ने कोहि छ भने
त्यो तिमी होउ गुरु ।

धनी गरिब सबैलाई समान व्यवहार
एकै देखी अघि लाने तिमी नै आधार
कमजोरी देखाईदिने
देवता हौ गुरु ।
सबैलाई असल बनाउने तिमी नै हौ गुरू ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।