के आमाहरुले ढाँटेका हुन ?

के आमाहरुले ढाँटेका हुन ?
कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६/महेन्द्र चालिसे
उस्ले केटाकेटी देखि नै आमाहरू लगायत धेरै बूढाबूढीहरूको मुखबाट सुन्ने गरेको थियो ‘गर्ने भन्दा गराउने पापी हुन्छ त्यसैले भगवानले सजाय पनि गर्नेलाई भन्दा गराउनेलाई बढी गराउनुहुन्छ ।’
जब जब उ यसो कही कतै हिम्सा भएका दृष्य देख्थ्यो अनी उ सोच्थ्यो हैन यो हिंसा गराउने चाहि को होला, त्यसलाई भगवानले ठूलै सजाय दिन्छन् होला । अनी चोक बजारमा यसो मासु किन्न जादा होस् या दशैंमा खसी काट्दा होस् उ त्यो मासु बेच्ने बगडेलाई हैन मासु किन्नेलाई चाहिँ भगवान्ले पापकर्म ग¥यो भनेर सजाय दिन्छन् अनी दशैंमा पनि खसी बोका मार हान्नेलाई नभएर मार हान्न लगाउनेलाई भगवान्ले पक्कै सजाय गर्छन् – हो उसले प्रायः सधैँ नै यस्तो सोच्ने गरेको थियो किनकि ऊ सनातनी हिन्दू धर्मको अनुयायी थियो र ऊ धर्मप्रति आस्था पनि राख्थ्यो ।
ऊ त्यस्तो समाज र भौगोलिक पाटोमा जन्मि हुर्किएको थियो जहा हिंसा भनेको खसी बोका भैसी रागो कुखुराहरू मात्र मारिन्थ्यो र त्यो मार्नु पनि उसको विवेकमा पाप नै थियो ।
समय बदलियोर ऊ बाचेको समाजमा यस्तो परिवर्तन आयो कि अब त्यो समाजमा जनावर मात्र नभएर मान्छे पनि मारिन थाले । ओहो ! यो त घोर अपराध भयो । अब हाम्रा आमाहरू र बुढापाकाहरूले भनेअनुसार त अब यी मान्छे मार्न लगाउनेहरू त सबै पापी हुन्छन र तिनलाई भगवान्ले तिनका पापकर्म अनुसार ठूलै सजाय दिन्छन् तर..तर हैन भगवान् पनि छैनन् कि केहो ? त्यो मानव हत्या गराउने हरु त झन् दिनदुना रात चौगुना झनझन मोटोघाचो ह्रृष्ट पुष्ट हँुदै आरामको जीवन बाँचिरहेछन तर तिनीहरूकै आदेश अनुसार हत्या हिंसा गर्ने कामदारहरू चाहिँ नारकीय जीवन बाचिरहेछन् ।
उसको मस्तिष्कमा प्रश्न उठछ ‘हैन हाम्रा आमाह’ र हाम्रा बुढापाकाह’ ढटुवा हुन् कि अथवा यो ब्रम्हाण्डमा भगवान् भन्ने केही अस्तित्व नै छैन ? यो प्रश्नको जवाफ खै कसलाई सोध्ने– ऊ अनुत्तरित हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।