नयाँ बसपार्कमा होटल संचालकसहित सात जुवाडे पक्राउ

नयाँ बसपार्कमा होटल संचालकसहित सात जुवाडे पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका संचालकसमेत ७ जना जुवा खेल्दा खेल्दै बिहीबार राति पक्राउ परेका छन्।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले संचालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट ताससहित पक्राउ गरेको हो।

तपाइँको प्रतिक्रिया ।