भक्तपुर साकोस रापिड नेसनल चेस च्याम्पियनशीपमा रुपेश जैसवाल प्रथम
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १९।
भक्तपुर वचत तथा ऋण सहकारी संस्था लि. द्वारा कार्तिक १७ र १८ गते दुई दिनमा सम्पन्न भक्तपुर साकोस रापिड नेसनल चेस च्याम्पियनशीपमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल शतः प्रतिशत नतिजाका साथ प्रथम हुन सफल भएका छन् ।
पाँचौदेखि नवौँ चरणको खेलबाट क्रमशः दोस्रो स्थानमा बद्रीलाल नेपाली, तेस्रो स्थानमा आशिष फुँयाल, चौथो स्थानमा सुरोज महर्जन, पाँचौ स्थानमा क्षितिज भण्डारी, छैटौँ स्थानमा सुशिल चौधरी, सातौँ स्थानमा सुश्रुत दाहाल, आठौँ स्थानमा पुरुषोत्तम सिलवाल, नवौँ स्थानमा राजेश कक्षपति र दशौँ स्थानमा केशव श्रेष्ठ रहन सफल भए ।
त्यस्तै ४४ वर्षभन्दा माथिको विधामा जगन्नाथ ताम्राकार प्रथम र डि.एस. तुलाधर दोस्रो स्थानमा रहे । १२ वर्षमुनिको विधामा प्रथम अग्रिम सैंजू, दोस्रो एन्जल महर्जन, तेस्रो उज्जीवनी कँडेल भए । १६ वर्षमुनिको विधामा प्रथम स्वर्णिम दुवाल, दोस्रो कुशल बेलबासे, तेस्रो सुदिन तुईँतुईँ भए । महिलातर्फको विधामा प्रथम पुनम प्रसाईं र दोस्रो सिन्दिरा जोशी रहे । १५०० रेटिङमुनि विधामा शुभम न्यौपाने उत्कृष्ट भए । १६०० रेटिङमुनि विधामा सानुभाई महर्जन उत्कृष्ट भए । १८०० रेटिङमुनि विधामा शैलेन्द्र कुमार न्यौपाने उत्कृष्ट भए । अनरेटेडतर्फ शुभम श्रेष्ठ उत्कृष्ट भए । भक्तपुरका उत्कृष्ट खेलाडीहरुमा प्रथम योगेश श्रेष्ठ र दोस्रो विकास कुलुजू भए । विजेताहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ट्रफी, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
च्याम्पियनशीपमा प्रथम हुनेलाई नगद पुरस्कार रु.२४,०००, दोस्रो हुनेलाई रु. १४,०००, तेस्रो हुनेलाई रु. १०,०००, चौथोलाई रु. ७०००, पाँचौलाई रु. ४००० र छैटौँदेखि दशौँलाई समान रु.५००० प्रदान गरियो । त्यस्तै १२ वर्षमुनिका खेलाडीमध्ये प्रथम हुनेलाई नगद पुरस्कार रु. ३०००, दोस्रो हुनेलाई रु. २०००, तेस्रो हुनेलाई रु. १४०० प्रदान गरियो । १६ वर्षमुनिका खेलाडीमध्ये प्रथम हुनेलाई रु. नगद पुरस्कार रु. ३०००, दोस्रो हुनेलाई रु. २०००, तेस्रो हुनेलाई रु. १४०० प्रदान गरियो ।
महिला खेलाडीमध्ये प्रथम हुनेलाई रु. नगद पुरस्कार रु. ३००० र दोस्रो हुनेलाई रु. २००० प्रदान गरियो । ४४ वर्षमाथिका खेलाडीमध्ये प्रथम हुनेलाई रु. नगद पुरस्कार रु. ३००० र दोस्रो हुनेलाई रु. २००० प्रदान गरियो । १५०० रेटिङमुनि, १६०० रेटिङमुनि र १८०० रेटिङमुनिका खेलाडीमध्ये उत्कृष्ट खेलाडीहरुलाई समान रु.३००० नगद पुरस्कार प्रदान गरियो । अनरेटेडतर्फ उत्कृष्ट खेलाडीलाई रु. ३००० प्रदान गरियो । भक्तपुर जिल्लाका उत्कृष्ट खेलाडीहरुमध्ये प्रथमलाई रु. ३००० र दोस्रोलाई रु. २००० प्रदान गरियो ।