प्रसाद : कल्याण पन्त (लघुकथा)

प्रसाद : कल्याण पन्त (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ९।

उहाँले आँखा तन्काइ तन्काई हेर्नुभो । खल्तीबाट चश्मा निकालेर पढ्नुभो र टक्क अडिनुभो ।अन्तमा सुब्बासाबले ओठ लेप्राउँदै भन्नुभो, ‘अँह तरीकै मिलेन, यो त कानून भन्दा बाहिरको ।’

भोलिपल्ट राजधानी तिरको साइत । कामआजै भ्याउनुपर्ने थियो । सदरमुकामक ति धाइरहने ! तनावमै थिए, अचानक बाहिर एकजना लेखनदास भेटिए । उनैलाई भारी बिसाएँ।  उनले भने, ‘आजै गर्नुपर्ने हो र ? मैले पासो परेर भने, ‘समस्याले बिन्ती गरेको हुँ,
हजूर ।’
उनीभित्र पसे, बाहिर निस्किए फेरि उनै सुब्बासाबको छेउछाउ लागें । त्यसपछि मसित पनि कुरा भो ।पाँचबजिसके पनि निर्धक्कपूर्वक काम सम्पन्न भो ।
फुरुङ्गहुँदै हतारहतारमा बसपार्क पुगें । सयोगवशः सुब्बासाव र मेरो सिट एउटै । उहाँ अल्लि सर्माउनुभो र झ्यालतिर फर्कनुभो, तैपनि विनम्रपूर्वक हातले कोट्याउदै मैले सुब्बासावलाई भने, ‘ अघि अलिकति प्रसाद हात पर्यो  ?हजूर !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।