मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुखलाई एक वर्षको कैद
कपन अनलाइन
काठमाडौं, असोज २६।
ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुखलाई जिल्ला अदालत ओखलढुङ्गाले दोषि ठहर गर्दै एक वर्षको कैद फैसला सुनाएको छ । सुनकोशी गाउँपालिका वडा नं. ९ कटुञ्जेका ५३ वर्षीय कटवाललाई बालिका यौन दुर्व्यबहार कसुरमा दोषि ठहर गर्दै एक वर्ष कैद हुने फैसला सुनाएको हो ।
तत्कालीन मोलुङ गाउँपालिकाको कृषि शाखा प्रमुख समेत रहेका कटवालले सुनकोशी ९ कै एक १६ बर्षिया बालिकालाई यौन दुर्ब्याव्हार गरेको आरोपमा गत बैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । कटवालले ती बालीकालाई घरमा नै बोलाएर पटक पटक यौन दुव्यबहार गरेको आरोप पिडित पक्षको रहेको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपित कटवाललाई प्रहरीले जेठ २ गते पक्राउ गरि अदालतमा मुद्धा चलाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल ईजलासले २०८० असोज १७ गते कटवाललाई एकवर्ष कैद हुने फैसला गरेको हो ।