आठौँ बुढानीलकण्ठ ‘नगर कप’ फुटबल प्रतियोगिता असोज २८ गतेबाट सुरु हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज २४ ।

आठौँ बुढानीलकण्ठ ‘नगर कप’ फुटबल प्रतियोगिता असोज २८ गतेबाट सुरु हुन लागेको छ  ।

बुढानीलकण्ठ युवा समाज द्वारा आयोजना हुन लागेको वडा स्तरीय  खेलमा नगरपालिकाका बिभिन्न वडाका फुटबल टिमले प्रतिस्पर्धा गर्न लागेका छन् ।

आयोजक युवा समाजले प्रतियोगिताको सम्पुर्ण तयारी भईसकेको जानकारी गराउँदै यहि असोज २७ गते बिहान ८ः३० बजे बूढानीलकण्ठ युवा समाजको हलमा टाई-सिट ड्र  कार्यक्रम हुने भएकोले सहभागि समुहलाई असोज २६ गते बेलुका ५ बजे भित्र समुह दर्ता गरी तयार रहन आग्रह गरेको छ ।

साथै टाई-सिट ड्र कार्यक्रममा सम्पुर्ण समुहले आ-आफ्नो टिम जर्सी एक‍-एक थान ल्याउनुहुन अनुरोध गरेका छन् ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख पाउनेछन् भने दोस्रो टिमले ५० हजार पाउनेछन् ।

यस अघि सातौँ नगरकपको उपाधी आयोजक समुह वडा नं ०५ को बूढानीलकण्ठ युवा समाजले जितेको थियो । फाईनल खेलमा युवा समाज संग वडा नं ०९ को रेभ फुटबल टिम १-० गोलले पराजित भएको थियो ।

खेल वडा नं ०५ स्थित बूढानीलकण्ठ स्कुलको फुटबल मैदानमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रत्यक दिन ३ वटा खेल सञ्चालन हुने छन् ।

आयोजकले सार्वजनिक अपिल गर्दै खेल मैदान विद्यालय परिसर भित्र रहेको हुनाले मर्यादित र अनुशासित भई प्रतियोगिताको मनोरञ्जन लिनुहुन खेलाडि तथा खेल प्रेमी समर्थकहरुलाई आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।