बुढानिलकण्ठमा बालेन विरुद्ध प्रदर्शन : “ढलको दुर्गन्ध चाहिदैन जनता मार्न पाइदैन”

बुढानिलकण्ठमा बालेन विरुद्ध प्रदर्शन : “ढलको दुर्गन्ध चाहिदैन जनता मार्न पाइदैन”

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

चकुन्चा (खहरे खोला) खोलेको  महिनौं दिन बित्दापनि  व्यवस्थापन नभएको भन्दै “ढलको दुर्गन्ध चाहिदैन जनता मार्न पाइदैन” लेखिएको प्ले कार्ड बोकेर  बुढानिलकण्ठ नगरपालिका कपनका   स्थानीयहरुले काठमाण्डौ महानगरपालिका र प्रमुख बालेन्द्र शाह विरुद्ध   प्रदर्शन गरेका छन ।

साउनको अन्तिम साता  काठमाडौं महानगरपालिकाको डोजरले  कपनको खोला  खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधरणले अहिले दुर्गन्धको सामना गर्नु परेको भन्दै प्रदर्शनमा उत्रेका छन।

कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै  काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिका बीच साउनको अन्तिम साता तीन बुँदे सहमति भएसँगै खोल खोल्ने काम सुरु भएको  थियो।

तर सहमतिमा उल्लेख भए अनुसारका पूर्वाधार निर्माण नगरी काठमाण्डौ महानगरपालिकाले झुक्काएको भन्दै सर्वसाधरण आन्दोलित भएका हुन्।

काठमाडौं महानगरले एकलौटी ढंगबाट अगाडि बढ्दा जोखिमको अवस्था सिर्जना भएको बताउदै  स्थानीयहरुले खोला खोलिएको क्षेत्रमा बनाउने भनिएको बेली ब्रिज र अन्य संरचना बन्ने संकेत सम्म नदेखिएको स्थानीयहरुको आरोप छ।

प्रचारवाजीमा रमाउने र जनताको न्युनतम अधिकारको समेत ख्याल नगरी बिना योजना खोला खोल्ने महानगरको रहरले रोग र शोकको जोखिम निकै बढाएको प्रदर्शनमा आएका स्थानीयहरुको गुनासो रहेको थियो।फोटो सौजन्य : नागरिक न्युज नेटवर्क

तपाइँको प्रतिक्रिया ।