बागमती प्रदेश अधिवेसन : काठमाण्डौ भूगोलबाट बुढानिलकण्ठ नगर प्रमुख सर्वसम्मत
कपन अनलाइन
काठमाण्डौ ,असोज १२ ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्यमा सर्वसम्मत चयन भएका छन। काठमाण्डौ जिल्ला भूगोल क्षेत्रबाट उम्मेद्वारी दिएका अधिकारी प्रदेश कमिटी सदस्यमा सर्वसम्मत चयन भएका हुन्।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा निर्वाचित भएका अधिकारी यस अघि पनि बागमती प्रदेश कमिटी सदस्य रहेका थिए।
लामो समय काठमाण्डौ जिल्ला कमिटीमा रहेर काम गरेका अधिकारी साविक कपन गाविसका पुर्व अध्यक्ष समेत हुन् ।
तपाइँको प्रतिक्रिया ।