बागमती प्रदेश अधिवेसन : प्रदेश खुल्ला सदस्य पदमा मुरारी भण्डारीको उम्मेदवारी

कपन अनलाइन

काठमाडौँ, आश्विन ११।

नेकपा एमाले बागमती प्रदेश अधिवेसनमा प्रदेश तर्फको खुल्ला सदस्य पदमा मुरारी भण्डारीले उम्मेद्वारी दिएका छन। काठमाण्डौ क्षेत्र नं ४ बुढानिलकण्ठ नगरपालिकाबाट प्रदेश प्रतिनिधिमा चयन भएका भण्डारीले खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका हुन् ।

२०४६ सालमा प्रजातन्त्रको पुन:स्थापनापछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा बुबा खेमराज भण्डारी नेकपा एमालेबाट रत्नावती गाविस वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित भएपछि विद्यालय तह पार नगर्दै मुरारी एमालेको कार्यकर्ता बन्न पुगेका थिए ।

गाउँकै श्री प्राबी सालुकेबाट कक्षा ५ सम्मको अध्ययन पुरा गरेका भण्डारीले कक्षा ६ र ७ दुधौली नगरपालिका वडा नम्बर ६ स्थित श्री मा.वि. लदाभिरबाट पारगरी कक्षा ८,९ र १० सम्मको अध्ययन दुधौली-२ स्थित कमला मा.वि. भलुवाईबाट पुरा गरेका थिए ।

कक्षा ६ मै अध्ययन गर्दा लोकप्रिय विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएका भण्डारीले उच्च शिक्षाको लागि काठमाडौं स्थित बानेश्वर बहुमुखी क्याम्पसलाई रोजे। बानेश्वर क्याम्पसमा अध्ययन गर्दै अनेरास्ववियु क्याम्पस कमिटी सदस्य, सचिव हुँदै अनेरास्ववियुकै काठमाडौं जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा रहेर अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य समेत बनेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।