ह्युम पाइप उद्योग संगठनको साधारण सभा सम्पन्न अध्यक्षमा आचार्य निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,असोज ८ ।

ह्युम पाइप उद्योग संगठन नेपालको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौ स्थित लर्ड पार्टी भेन्यु धुम्वाराहीमा भएको राष्ट्रिय भेलाले कुलप्रसाद (केपी) आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गर्दै सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षमा मुकुन्द गौतम र उपेन्द्र विष्ट र हरीहर नेपाल महासचिवमा नारायण बहादुर खत्री सचिव सन्ताष अधिकारी कोषाध्यक्ष सञ्जयराज श्रेष्ठ चयन भएका छन  ।
यस्तै समितिका सदस्यहरुमा पवन भट्ट,गोपाल खड्का,बावुराम रेग्मी, दाउत तामाङ, विकेन्द्र मानन्धर र ज्योती रिजाल सर्वसहमत चयन भएका छन  । भेलामा संस्थाका कोषाध्यक्ष मनोहरी जोशीले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । जोशीले विभिन्न आर्थिक वर्षमा संगठनले गरेका आर्थिक कृयाकलापका प्रतिवेदन पेश गर्दै संस्थालाई अगाडी वढाउने रणनितिक योजना प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष कुसुमकुमार कार्कीले ससंस्थाको प्रतिवेदन पेश गगरेका थिए  ।
कार्कीले व्यवसायीक हक हित र अधिकारका लागि संगठन जरुरी भएको भन्दै संगठित भएर अगाडी वढेमा आइपर्ने यावत खाले चुनौतिलाई सामना गर्न सजिलो हुने धारणा राखेका थिए  ।
पेशा व्यवसायमा सवै खालका मानिसहरुसंग व्यवसायीक सम्वन्ध राख्नु पर्ने भन्दै उनले प्लाष्टिक जन्य पाइप सँग ह्युम पाइपको कुनैपनि तुलना नहुने भन्दै सरकारले समेत स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए  ।
उनले संगठनको सुुदृढिकरणको लागि १२ वुँदे कार्ययोजना समेत पेश गर्दै उद्योग व्यवसायमा भैपरी आउने दुर्धटना व्यवस्थापन, गुणस्तरीय सामाग्री उत्पदनमा महत्व दिने, उद्योगलाई आवश्यक पर्ने विभिन्न खालका ज्ञान र सीप प्रदान गर्नुपर्ने, कर र करजन्य समस्या समाधानमा ध्यान दिने, संघहरु प्रदेश स्तर सम्म गठन र पूनर्गठन गर्दै लैजाने, व्यवसायीलाई संगठित गर्ने उद्योग सँग सम्वन्धित कानुन निर्माणमा पहल गर्ने जस्ता विषयहरु समावेश गरीएको छ ।
कार्यक्रममा संस्थाका निर्वाचित अध्यक्ष आचार्यले प्रतिवध्दता मन्तवय राख्दै उद्योगमा थु्प्रैखाले समस्या र चुनौतिहरु रहेको भन्दै समाधानमा सवैको सक्रियता आवश्यक रहेको औल्याएका थिए  ।
उनले राष्ट्रिय अर्थतन्त्रमा व्यापार घाटा भइरहेको सन्दर्भमा स्वदेशी कच्चा पदार्थबाट बनेका ह्युम पाइपलाई सरकारले समेत प्रवर्धन गर्नुपर्ने भन्दै राज्य यस विषयमा गम्भिर हुनुपर्ने बताए  । कार्यक्रमको संचालन संघका सञ्जयराज श्रेष्ठ र स्तवागत  मन्तव्य भानुभक्त शर्माले राखेका थिए  ।
तपाइँको प्रतिक्रिया ।