बाल अपाङ्ग टेवा केन्द्र बुढानिलकण्ठ -११ मा सारेगामपा लिटल च्याम्प्स जेटसन् डोमा लामा

बाल अपाङ्ग टेवा केन्द्र बुढानिलकण्ठ -११ मा सारेगामपा लिटल च्याम्प्स जेटसन् डोमा लामा

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

सारेगामपा लिटल च्याम्प्स २०२२ कि बिजेता जेटसन् डोमा लामाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको बाल अपाङ्ग टेवा केन्द्रका बालबालिका संग भेटघाट गरेकी छन।

असोज ६ गते हुने कन्सर्टका लागि नेपाल आएकी लामाले जी टिभीको लोकप्रिय रियालिटी सो  सारेगामपा लिटल च्याम्प्स २०२२ जितेकी थिइन्।उक्त संस्थामा रहेका फरक क्षमता भएका बालबालिकाहरु संग अन्तरक्रिया समेत गरेकी लामालाई संस्थाका अध्यक्ष धुर्वराज न्यौपाने, संस्थापक अध्यक्ष डेन्डी शेर्पा ,सदस्यहरु डोमा लामा , सुशिला बस्नेत लगायतले स्वागत गरेका थिए।

बाल अपाङ्ग टेवा केन्द्रको सहयोगार्थ साधना कला केन्द्रले यहि असोज ६ गते सनराइज हल गोदावरीमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।

जेट्सन डोमा लामा सहित विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहने सो कार्यक्रमका लागि खल्ती एप मार्फत टिकट खरिद गर्न सकिनेछ छ जसको मुल्य १५ सय ,दुई हजार र २५ सय रहेको छ।

त्यस्तै कार्यक्रममा सहभागी भएर सहयोग गर्न इच्छुक महानुभावहरुले बाल  अपाङ्ग टेवा केन्द्रको कार्यालय बुढानिलकण्ठ -११ वा सम्पर्क नम्बर ९८४१२२३३८२ र ९८५१०४७७७३ मा सम्पर्क गर्न सकिने अध्यक्ष धुर्व राज न्यौपानेले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।