एसईईमा उत्कृस्ट बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा एकेडेमीलाई पुरस्कृत गरेको हो ।

गत वर्ष रिलायन्सबाट १ सय १६ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३.७६३४ औसत जीपिए प्राप्त गर्दै रिलायन्स बागमती प्रदेशभरमै प्रथम बनेको हो । मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागि गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जीपीएलाई सुत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ ।

ढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपनमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसी र २०७५ सालको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियो ।

संस्थागत विद्यालयअन्तर्गत दोस्रो स्थानमा बालुवाटारस्थित विज् किड्स इन्टरनेशनल स्कुल र तेस्रो स्थानमा गोंगबुस्थित फ्लुरेसेन्ट सेकेण्डरी स्कुल रहेका छन् । त्यस्तै, सार्वजनिक विद्यालयअन्तर्गत भने भक्तपुर तेखापुखुस्थित मेघा माध्यमिक विद्यालय पुरस्कृत भएको छ ।

को को बने ?

 

तपाइँको प्रतिक्रिया ।