राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयस्तरीय वकृत्वकला सम्पन्न

राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयस्तरीय वकृत्वकला सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज १।

विद्यालयस्तरीय वकृत्वकला प्रतियोगिता सम्पन्न राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयस्तरीय वकृत्वकला सम्पन्न  भएको छ । चन्द्रागिरी नगरपालिकाभित्रका विद्यालयले वकृत्वकला प्रतियोगितामा भाग लिएका हुन ।

बालबालिकामा लगानी ः सुनिश्चित भविश्यको थालनी भन्ने नाराका देशैभरी बाल दिवस मनाइएको हो । चन्द्रगिरी नगरपालिकाका नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न वकृत्वकला कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका बालबालिकाहरु प्रथम द्धितिय त्रितिय र सान्तवना भएका थिए ।

वकृत्वकलामा प्रतियोगितामा प्रथम द्धितिय त्रितिय सान्तवना हुनेहरुले पुरस्कार तथा प्रमाण पत्र प्राप्त गरेका थिए । सविना थापा विष्णुदेवी शिक्षा सदन प्रथम, धिरज भूमी प्रभात माध्यमिक विद्यालय दोस्रो, जेसिका लामा चण्डेश्वरी माध्यमिक विद्यालय त्रितीय स्थान हासिल गर्न सफल भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बसन्ती श्रेष्ठले बाल दिवसको अवसरमा सबै बालबालिकालाई शुभकामना दिदै नगरपालिकाले बालबालिका लक्षित कार्यक्रमका लागि बजेट विनियोजना गरेको कुरा बताए  ।

बालक्लवहरुको संस्थागत विकास गरी बालबालिकालाई विभिन्न तालिम दिएर बालबालिकाको नेतृत्व विकास जोड दिन सकेको अवस्थामा बालअधिकार सुनिश्चित हुने कुरा उपप्रमुख श्रेष्ठले उल्लेख गरेका थिए  । बालबालिकाको समृद्धिका सबै पक्ष एकठाउमा हुनुपर्ने र त्यसैगरी आ आफ्नो क्षेत्रबाट काम गर्न सकेको अवस्थामा उपलब्धी हासिल हुने भनाइ उपप्रमुख श्रेष्ठको थियो ।

बालदुव्र्यवहार जस्ता कुराहरुको अन्त्य गर्ने अभियान घरैबाट सुरुगर्नु पर्ने भन्दै कुनैपनि बालबालिकाहरुलाई यस नगरक्षेत्रभित्र कुनै पनि किसिमको दुर्व्यवहार  भएमा सहज रुपमा नगरपालिका वा नगर तथा वडा स्तरीय बालअधिकार समितिका सदस्यहरुलाई उजुरी गर्नका लागि पनि उपप्रमुख श्रेष्ठले आग्रह गरेका थिए  ।

कार्यक्रममा सरोकारवाला पक्षहरु नगरपालिकाका कर्मचारी विद्यालयका शिक्षकहरुलगायतका व्यक्तित्वको सहभागिता रहेको थियो । बाल विकास समाज र वल्ड भिजन इन्टरनेस्नल नेपालको सहकार्यमा चन्द्रगिरी नगरपालिकाले उक्त वकृत्वकला प्रतियोगिता आयोजना गरेको थियो।

तपाइँको प्रतिक्रिया ।