रिलायन्स एजुकेसन नेटवर्कमा तीज विशेष कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौँ, भाद्र ३०।

रिलायन्स एजुकेसन नेटवर्क  अन्तर्गत सन्चालित स्कुल कलेजका महिला कर्मचारी २७३ जनाको उपस्थितिमा सो तिज कार्यक्रम सम्पन्न भयो । रिलायन्स संस्कृति विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्र जङग थापाले गरेका थिए  भने प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सद्स्य मिना पोखरेल ( पराजुली ) रहेकी थिइन्  ।

रिलायन्स संस्कृति विभागका प्रमुख दामोदर निरौलाको स्वागत मन्त्व्यबाट शुरु भएको सो तिज कार्यक्रममा नेटवर्कका BOD राजु कुमार सिवाकोटीले समेत आफ्नो धारणा राखेका थिए  ।

सो कार्यक्रममा कपन भेगका प्रसिद्ध समाजसेवी महिलाहरुको ठुलो संख्यामा उपस्थित रहेको कुरा रिलायन्स सस्कृति विभागका सद्स्य सचिव गोबिन्द ढकालले जानकारी दिएका छन ।

रिलायन्स पब्लिक स्कुलका मिडल स्कुल कोअर्डिनेटर सुस्मा तामाङले उक्त कार्यक्रम सन्चालन गगरेकी थिइन् । सो कार्यक्रममा संदेशमुलक नृत्य, गित आदि प्रस्तुत गरिएको थियो।

प्रेस विज्ञप्ती

रिलायन्स एजुकेसन नेटवर्क, बु.न.पा.–१० कपन, काठमाडौं अन्तर्गत गठित रिलायन्स संस्कृति विभागको आयोजनामा मिति २०८० साल भाद्र २९ गते शुक्रबार सबै महिला शिक्षक तथा कर्मचारीहरुको सम्मानमा नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीजको पूर्वसन्ध्यामा तीज विशेष उत्सव एवम् दर खाने कार्यक्रमको आयोजना गरेको छ । कपन मिलनचोक निकट मिलनचोक पार्टी भेन्युमा संचालन भएको उक्त कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका चारवटा स्कूल र कलेज समेत पाँचवटा शिक्षण संस्थामा कार्यरत करीब २७५ जना महिला शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । स्थानीय अगुवा महिला, प्राज्ञ एवम् वागमति प्रदेश सभा सदस्य श्री मिना पराजुलीको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा स्थानीय अगुवा महिलाहरुको पनि अतिथिका रुपमा सहभागिता रहेको थियो ।

रिलायन्स शैक्षिक प्रतिष्ठानले पछिल्लो केही समययता संस्कारयुक्त शिक्षामा विशेष जोड दिंदै हरेक सांस्कृतिक चाड–पर्व, विशेष दिवसहरु एवम् परम्परा, रीति–थिति र चालचलनका हरेक पक्षलाई शिक्षाकै अनिवार्य विषयवस्तुका रुपमा स्वीकार गर्दै विद्यालयले संचालन गर्ने विविध अतिरिक्त क्रियाकलाप एवम् अन्य सह–क्रियाकलापहरुमा स्थानीय संस्कृति, जातीय एवम् राष्ट्रिय संस्कृति,चाड–पर्व र परम्पराहरुलाई समावेश गरी शिक्षक–विद्यार्थी माझ छलफलको विषय बनाई तत् सम्बन्धमा सही जानकारी एवम् व्यावहारिक ज्ञान दिने प्रयास गर्दै आएको छ । यदि संस्कृति र परम्पराका नाममा कतै विकृति र विसंगति छ भने त्यसले संस्कृतिलाई नै धूमिल र दूषित बनाई विचलन गराउन सक्ने खतरा बढ्दै जाने अवस्था नआओस् भन्ने हेतुले समय–समयमा सांस्कृतिक वहस चलाउनु पर्ने आवश्यकता महशुस भएको छ । यसै परिप्रेक्षमा नेपाली हिन्दू महिलाहरुको महान् चाड तीजका सन्दर्भमा पनि यस पर्वको असली पौराणिक र आध्यात्मिक महत्व जानेर , भगवान् शिवलाई पतिको रुपमा प्राप्त गर्न माता पार्वतीले गर्नुभएको तपस्या एवम् साधनाको रहस्य जानेर आजका हामी सबै आम मानिसहरुले शिव–पार्वतीजस्तै आदर्श जीवन, ध्यान प्रेम र उत्सवमय जीवन कसरी बाँच्न सकिन्छ भन्ने सम्बन्धमा वहस,छलफल र अन्तक्र्रिया गर्दै सार्थक निष्कर्षमा पुगी त्यसलाई सबैले आत्मसात गर्न संभव बनाउने संस्कृति विभागको उद्धेश्य हो । यस प्रयोजनका लागि हाल तीज मनाउने नाममा के–कस्ता विकृति र विसंगतिहरु झाँगिंदै गइरहेका छन् भन्ने पहिचान गरी तिनको निराकरण कसरी गर्न सकिन्छ र त्यसमा शिक्षण संस्थाका हामी संचालकहरु, शिक्षक–शिक्षिका र कर्मचारीहरुको कस्तो भूमिका हुनुपर्छ भन्ने स्पष्ट अवधारणा विकास गर्नु आजको आवश्यकता हो । यस दिशामा विगत केही वर्षदेखि रिलायन्स संस्कृति विभागले यस संस्था अन्तर्गतका सबै महिला शिक्षक तथा कर्मचारीहरुलाई एकै स्थानमा भेला गराई सार्थक छलफल वहस गराउँदै सही तरिकाले चाड–पर्व मनाउने परिपाटी बसाल्न प्रयास गर्दै आएको छ । आजको कार्यक्रमबाट पनि तीज पर्वलाई विकृतिमुक्त बनाई सार्थक रुपमा मनाउने दिशामा थप नयाँ सोच र अवधारणा विकास गर्न सकिने आशा र विश्वास गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।