चार मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
विश्व त कहाँपुगिसके छ हेर
हाम्रो पाइलालुकिसके छ हेर
प्रयत्न ठूलो हो संसारमाजान्नु
हाम्रो पाइला घर्किसकेछ हेर ।
प्रगतिपथ त खुल्छ सुस्त सुस्त
परिश्रम मूल्य खुल्छ दुरुस्त
मूल्य र मान्यता बुझिन्छ यहाँ
अनि सत्य देखा पर्छ खुलस्त ।
शिर ताज नेपालीगौरब
प्रत्यक्ष हुन्छ नेपालीपौरख
नैसर्गिक रुप छ शिखरको
देखिन्छ उत्कृष्ट नेपाली सौरभ ।
चेतना रूपी स्वच्छ प्रतिमुर्ति
उज्वल प्रकाशले दिन्छ स्फुर्ति
कीर्ति राख्नु पर्छ स्वप्रयत्नबाट
अनि स्वर्ग तुल्य हुन्छ नेपाली धर्ती ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।