काठमाडौंमा शुक्रबार सार्वजनिक बिदा
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४ ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने भएकोले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ।
महानगरपालिकाले सार्वजनिक गरेको सूचना भानिएको छ, ‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भदौ १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
तपाइँको प्रतिक्रिया ।