नेशनल प्याब्सन काठमाडौँ जिल्लाको उपाध्यक्ष पदमा समिर बास्तोलाले उम्मेद्वारी दिने

नेशनल प्याब्सन काठमाडौँ जिल्लाको उपाध्यक्ष पदमा समिर बास्तोलाले उम्मेद्वारी दिने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १४ ।

राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा समिर बास्तोला ले उम्मेदवारी दिने भएका छन ।

आगामी भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा बास्तोलाले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । हाल समितिका सह सचिव पदमा रहेका बास्तोलाले काठमाडौँ जिल्ला समितिमा रहेर २ कार्यकाल काम गरिसक्नु भएको छ भने, हालको कार्यसमितिको सचिवालय सदस्य तथा प्रकासन विभाग प्रमुख भएर काम गगरिरहेका छन  ।

यस अगाडि बास्तोला नेशनल प्याब्सनको परीक्षा विभाग सह संयोजक भएर काम गरिसकेका छन  । विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूको सक्रिय सहभागी विभिन्न कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका खेलेका छन  । हाल प्रशान्ति एकेडेमी कपनका संस्थापक/प्रधानाध्यापकका रूपमा कार्यरत बास्तोला विद्यालय तथा उच्च शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आएका छन  ।

विशेसगरि बुनपा शिक्षा क्षेत्रमा अति परिचित सक्रिय बास्तोला वुढानिलकन्ठ शिक्षा समिति सदस्यको रुपमा एक कार्यकाल काम गरिसकेका छन ।

साथै वुनपा शिक्षा कार्यविधि निर्माण समिति र स्थानिय पाठ्यक्रम लेखन मा पनि उहाको संलग्नता रहेको छ। हाल उहाँले ईकोनोमी एन्ड पोलिसी विषयमा रसियाको सिनर्जि युनिभरसिटि बाट पिएचडी फाउन्डेसन कोर्स गरिरहेका छन  । विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय बास्तोला नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा अझ सुधारात्मक प्रयासका साथ काम गर्दै आएका छन  ।

तपाइँको प्रतिक्रिया ।