योग : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, भदौ ९ ।
सच्चा जीवन वृत्तिमा सरिक हौँ हिँसादित्यागीकन
चोरीबाट रहेर दूर सहसाहोस् ब्रमचर्या धन
जस्तो व्देष र लोभ मोह नगरी बस्छन् यशस्वी जन
बाँचौँलायममा रहेर जहिल्यै बन्ला सुखीजीवन ।१।
बन्दै मित्रपवित्रकर्म पथको शौचादिको पालना
होस् स्वध्याय रही रहौँ तपसमा रम्दै उषापानमा
सत्कर्मी परिधानभित्र म रहौँ, सन्तोषमाहोशमा
हाँसौँला रहँदै सधैँ नियममाआस्था र विश्वासमा ।२।
हुन् व्यायाम निरोगिता सरलता हाँसीखुसी स्वच्छता
छाती स्फूर्त र चुस्तहोस् सहजहोस् नाडी प्रणाली सदा
बस्दा सुस्थिर आसनी फगतहोस् सत्कर्म पुज्ने गरी
जानौँ दिव्य प्रभाव आसन बनोस् उल्लासको जीवनी ।३।
यौटै श्वास छ भित्रबाहिर गरी भर्दैछ संजीवनी
आई छर्छ सधैँ शरीर घरको रक्षार्थमा रोशनी
राखीत्यो वशमा विना सकसमा लागौँ उज्यालोतिर
प्राणायाम गरेर जीवनभरूँ, त्यागेर चिन्ता डर ।४।
छन् इन्द्रीयदशै स्वयं प्रखर भै कुद्छन् छ अर्को मन
छाडी ती सब चित्त रम्य रसिलो बैराग्यको जीवन
झन् प्राकृतिकदिव्यभोजनतिरै होस् चित्त छोडौँ अरू
प्रत्याहार बुझी रमे हर पला योगीतपस्वीहरू ।५।
जैल्यै कुद्दछ चित्त यो तर स्वयं, बाँध्नेछु मै मस्मस
चर्को भीड विचारको छ त्यसमा, गाँसिन्न टाढा बस
मेरो अर्जुन दृष्टि देख्दछ सबै आँखानखोलीकन
मै एकाग्र छु व्यग्र धारन गरूँ, सत्कर्मको जीवन ।६।
भै एकाग्र लिएर लक्ष्यलयमा, लाग्नेछु लाग्नेछु म
कैले टुट्छ लगाव? पूर्णत त्यतै, जाग्नेछु जाग्नेछु म
यै बाटो अविछिन्न हिँड्छु म स्वयं, फालेर वाधाहरू
हो गन्तव्य त ध्यान नै सब पुरा होऊन् इरादाहरू ।७।
छौँ छैनौँ सम भैसक्यौँ बुझिसकेँ, भो दृष्टि द्रस्टा उही
हो हैनौँ कसरी भनौँ भनिसकेँ, यो सृष्टि स्रष्टा उही
यो आयाम छ शुन्यता सरहको, के स्वार्थ बोकीदिऊँ
हाँस्दै प्राण स्वयं विसर्जन गरूँ, जानी समाधीलिऊँ ।८।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक