बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को कार्यालय सर्यो ,कहाँ छ ?

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को कार्यालय सर्यो ,कहाँ छ ?

कपन अनलाइन
काठमाडौं, भदौ ६।

बुढानीलकण्ठ नगरपालिका नारायणस्थान स्थित रहेको वडा नं ३ को कार्यालय चपलीमा रहेको कोसेली घरको भवनमा सरेको छ । बुधबार बिहान एक समारोह आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी र वडा अध्यक्ष आकाश धितालले चपली घुम्तीमा रहेको  कार्यालय उद्घाटन गरेका छन  ।

आस्थायी भाडाको घरमा संरचना अभाव भएको कारण दैनिक प्रशासनिक कार्यहरु सञ्चालन गर्न असहज भईरहेकोले कार्यालय सार्नु परेको वडा अध्यक्ष आकाश धितालले जानकारी दिएका छन  ।

वडाको आफ्नै भवन श्री बूढानीलकण्ठ मा.वि. अगाडि (पूरानो गा.वि.स. भवन) मा निर्माणाधीन स्थितिमा रहेको  हुँदा भर्खरै निर्माण सम्पन्न भएको कोसेलि घरमा कार्यालय संचालनको लागी पर्याप्त संरचना, श्रोत र साधन भएकोले अस्थायी रुपमा कार्यालय सारिएको अध्यक्ष धितालले बताएका छन  ।

बुधबार भएको कार्यालय उद्घाटन कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, वडा अध्यक्ष आकाश धिताल, वडा सदस्य विकास तामाङ्, विक्रम श्रेष्ठ, बालमाया श्रेष्ठ, सुसिला रम्तेल, वडा सचिव मोहन भण्डारी लगायत वडा तथा नगरपालिकाका कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।