बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रास्ट्रीय स्वतन्त्र पार्टीको इन्ट्री ……
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ४।
रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ समितीले वडामा हुने सबै किसिस्मका दलगत सहभागितामा सामेल गराउन आग्रह गरेको छ।
रास्वपा बुढानिलकण्ठ नगर समितीका सभापति निमा लामा सहित वडा नं १२ कार्यसमितिको टोलीले वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईलाई भेटेर पत्र हस्तान्तरण गर्दै आगामी दिनमा हुने कार्यक्रमहरुमा राजनीतिक दलको हैसियतमा पार्टीलाई बोलाउनका लागि आग्रह गरेका थिए।
भाद्र ४ गते सोमवार वडा कार्यालयमा पुगेको टोलीले वडा समितीको नामावली सहितको पत्र हस्तान्तरण गर्दै वडाका रचनात्मक काममा सहयोग र गलत कामको भन्डाफोर गर्ने जानकारी गराएको थियो।
२०८० साउन ३१ गते साधारणसभा सम्पन्न गरेर नेतृत्व चयन गरेको रास्वपा बुढानिलकण्ठ -१२ को सभापतिमा पुनम श्रेष्ठ रहेकी छन भने उपसभापतिमा गोविन्द कोइराला र सचिवमा नेत्र प्रसाद चौलागाई रहेका छन ।
तपाइँको प्रतिक्रिया ।