ओखलढुङ्गा-काठमाडौँ पत्रकार समाज गठन
सो भेलाले ओखलढुङ्गाबाट राजधानी काठमाडौँमा आई विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारबिच समन्वय गर्ने उद्वेश्यले चेतनाथ धमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।सो समितिका सदस्यहरूमा मनोज भट्टराई ,जानुका बराल ,युवराज पहाडी ,जीवन शर्मा ,टीकादास श्रेष्ठ र शिव विक ‘मिलन’ रहेका छन ।
ओखलढुङ्गा र काठमाडौँका सञ्चारमाध्यमबिच सम्पर्क सेतुको काम गर्दै समग्र पत्रकारिताको उन्नायन बारे भेलामा छलफल भयो । यस भेलामा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललेअोखलढुङ्गा गौरवमय इतिहास बोकेको जिल्ला हो ।यहाँका पत्रकारले पत्रकारिता गर्दा सत्यको निकट पुग्न सक्नुपर्छ ।
साथै दलीय अनुभवबाट पत्रकारिता अनुबन्धित हुनुहुँदैन । फेरि स्वतन्त्रता विनाको पत्रकारिता पनि हुँदैन ।यसलाई आत्मसात् गर्दै ओखलढुङ्गा जिल्लाको पत्रकारितालाई गुणस्तरीय बनाउन जोड दिँदै सामाजिक हेतुले एक ढिक्का हुनुपर्ने बताए । त्यस्तै प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले आफू जन्मेको जिल्ला ओखलढुङ्गका पत्रकारहरूबिच साक्षत्कार हुन पाउँदा सुखद अनुभूति भएको छ ।यस्तो भेटघाट र सम्पर्कलाई निरन्तरता दिन एउटा साझा मञ्च आवश्यक रहेकाले आफूले पनि भेला संयोजनमा चासो दिएको बताएका थिए ।
यस भेलाको संयोजन तथा व्यवस्थापन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले ओखलढुङ्गामा घर भई काठमाडौँका विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूलाई समेट्दै सुख- दु:खमा सहकार्य गर्ने उद्वेश्य रहेको बताउनुभयो। प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष सलोजा दाहालले ओखलढुङ्गाका लेखक र पत्रकारहरू राष्ट्रियस्तरमा प्रसिद्ध छन् ।तर जिल्ला केन्द्रित भने कम छौँ ।यसआधारमा प्रतिभा पलायन भएको जिल्ला भन्ने आरोप पनि लाग्ने गरेको छ ।यसलाई चिर्दै अघि बढ्नुपर्ने बताए ।
गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक तुलसीहरि कोइरालाले सो भेलाको आयोजनाले जिल्लाको समग्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको दस्तावेजीकरण गर्न र आगामी पत्रकारिताको पनि मार्ग निर्देशित गर्नका लागि ओखलढुङ्गा पत्रकार समाज कोशेढुङ्गा साबित हुनसकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी भेला संयोजनको क्रममा ओखलढुङ्गा -काठमाडौँ पत्रकार समाज म्यासेन्जर ग्रुपका एडमिन मनोज भट्टराईले कर्मथलो काठमाडौंँ बनाएका पत्रकारहरूसँग सहकार्य गर्दै एक ठाउँमा उभिने वातावरण निर्माणका लागि भेटघाट कार्यक्रम राखेको जानकारी दिएका थिए । न्युज एजेन्सी नेपालका प्रबन्ध निर्देशक तथा समाचार संयोजक सबिन धमलाले भेलाको संयोजन ओखलढुङ्गाका पत्रकारहरूबिच सहकार्य बढाउने र जिल्लालाई राष्ट्रियस्तरमा सञ्चारमाध्यमबाट चिनाउन पहल गर्ने बताएका थिए ।
यसैगरी तुलसीहरि कोइराला,विनोद दाहाल ‘वत्स’ , सलोजा दाहाल ,नारायण घिमिरे, सविन धमला,युवराज पहाडी ,टिकादास श्रेष्ठ ,रामनाथ घिमिरे ,लोचन खतिवडा ,सरोज ढुङ्गेल ,नवीन धमला,सुमन निरौला ,मनोज भट्टराई ,जीवन शर्मा र गोविन्द गिरीलगायतले आआफ्नो विचार व्यक्त गरेको भेलामा मदन कोइराला ,श्याम राई ,पुण्यराज पुडासैनी, र चित्र वाग्लेको समेत उपस्थिति रहेको थियो ।
नवगठित ओखलढुङ्गा -काठमाडौँ पत्रकार समाज तदर्थ समितिका संयोजक,पत्रकार तथा कवि चेतनाथ धमलाले “आफूलाई यस महत्त्वपूर्ण भेलाले संयोजक तोकेकामा आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।उनले ओखलढुङ्गाले पत्रकारिता लगायतका क्षेत्रमा ऐतिहासिक योगदान गरेको छ । त्यस गरिमालाई उँचो राख्दै आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्ने छु” भन्नुभयो। यसैक्रममाधमलाले संस्थाको लोगो र विधान निर्माण गरेर छिट्टै बृहत भेला बोलाउने जानकारी दिएका थिए।