नेकपा एमाले बुढानिलकण्ठ-११ को हाजिरी जवाफ तथा सम्मान सम्पन्न,साम्तेन प्रथम ज्ञानप्रकास दितीय

नेकपा एमाले बुढानिलकण्ठ-११ को हाजिरी जवाफ तथा सम्मान सम्पन्न,साम्तेन प्रथम ज्ञानप्रकास दितीय
कपन अनलाइन
काठमाण्डौ ,साउन २८।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानिलकण्ठ ११ नं. वडा कमिटीको आयोजनामा अन्तर विद्यालयहाजिरी जवाफ प्रतियोगीता तथा  सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुखआतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमति प्रदेश कमिटी सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका  प्रमुख मिठारामअधिकारी,  मधेश प्रदेश कमिटी सदस्य शुसिला भण्डारी, काठमाडौँ जिल्ला कमिटी सदस्य तथा ११ नं. वडा अध्यक्ष राजु अधिकारी,  बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डगोंल लगायत नेता कार्यकर्ता तथा वडा भित्रका विद्यालयहरुका प्र.अ.तथाविद्यार्थीहरुको उपस्थिति रहेको थियो  ।

८ वटा विद्यालयका ९ टिम सहभागी हाजिरी जवाफ प्रतियोगीतामा साम्तेन मेमोरियल एजुकेशनल एकेडेमी प्रथम,ज्ञानप्रकाश एकेडेमी द्धितिय र शारदा एकेडेमी तृतिय तथा जनजागृती माविले सान्त्वना स्थान हाशिल गरेका थिए।

महेश्वर के.सीले संचालन गरेको  उक्त हाजिरी जवाफप्रतियोगीतामा  नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानिलकण्ठ ११ नं. वडा कमिटीले एस इ इ परिक्षामा  उत्कृष्ट नतिजा ल्याउने बिद्यालय र विद्यार्थीहरुलाई  प्रशंसा पत्र तथा नगद पुरस्कार समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न समयमा वडा कमिटिलाई विशेष  सुझाव,तथा निरन्तर सहयोग गर्ने समाजसेवीहरु गोविन्द प्रसाद चौलागाई,रामचन्द्र श्रेष्ठ,दुर्गा बहादुर भण्डारी तथा सुनिल वस्नेत लाई विषेश सम्मान गरिएको थियो ।

कमिटिका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटी सदस्य तथा ११ नं. वडा अध्यक्ष राजु अधिकारी, बागमति प्रदेश कमिटी सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाकानगर प्रमुख मिठाराम अधिकारी र डा. राजन भट्टराईले सम्बोधन गदै शिक्षाको क्षेत्रमा रचनात्मक काम गर्न   वडा कमिटिलाई सुझाव दिएका थिए भने कार्यक्रमको संचालन कमिटिका सचिव अँगुर पौडेलले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।