काठमाण्डौ क्षेत्र नं ४ मा डा.राजन भट्टराईको सक्रियता बढयो

काठमाण्डौ क्षेत्र नं ४ मा डा.राजन भट्टराईको  सक्रियता बढयो
कपन अनलाइन
काठमाण्डौ ,साउन २८।

निर्वाचन पश्चात् लामो समयपछि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराई क्षेत्रमा सकृय बनेका छन। साउन २७ गते सनिवार काठमाडौं क्षेत्र -४ मा रहेको बुढानिलकण्ठ नगरपालिकक वडा -११ मा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिए ।

नेकपा एमाले बुढानिलकण्ठ -११ वडा कमिटीको आयोजनामा भएको हाजिरी जवाफ तथा एस इ इ सम्मान कार्यक्रमको प्रमुख अतिथिका रूपमा डा. भट्टराई सहभागी बनेका थिए ।

२०७९ साल मङ्सिरमा भएको निर्वाचन पश्चात् खासै कुनैपनी औपचारिक कार्यक्रममा नदेखिएका उनले सो कार्यक्रम मार्फत क्षेत्रमा सक्रियता बढाउन लागेको चर्चा अहिले एमाले वृत्तमा चलेको छ।

२०७० सालमा समानुपातिक सान्सद रहेका भट्टराई २०७४ सालको निर्वाचनमा काठमाडौं -४ को उम्मेदवार बनेका थिए । तत्कालीन केपि ओलि सरकारको विदेस मामिला सल्लाहकार रहन्दा क्षेत्रको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका डा. भट्टराई २०७९ को निर्वाचन पछि क्षेत्रका गतिविधिमा खासै सकृय रहेका थिएनन।

सो निर्वाचन पश्चात् उनको निष्क्रियतालाई लिएर अनेकौ टीका टिप्पणी हुने गरेका थिए। कतिपयले डा. भट्टराईलाई क्षेत्रमा पुन: सकृय बनाउनु पर्ने मत राख्दै आएका थिए भने उनी शक्तिमा हुन्दा अनेकौ फाइदा लिनेहरुले भने जूम्राले लाशलाई छोडे जसरी चटक्क छोडेर विकल्प खोज्नुपर्ने मत राख्दै हिडेका थिए।

निरन्तर चार वटा निर्वाचनमा पराजित बनेको नेकपा एमाले काठमाडौं क्षेत्र-४ मा डा. भट्टराईको भुमिका र सक्रियताको विषयमा भैरहेको बहस साउन २७ गते क्षेत्रको कार्यक्रममा सहभागीता संगै नयाँ चरणमा पुगेको छ।

स्थानीय तह र प्रदेशको निर्वाचनमा टिकट वितरणमा डा. भट्टराईको प्रत्यक्ष भुमिका रहेको भनेर मान्ने क्षेत्रको एउटा समुह कुनै पनि हालतमा उनलाई सक्रिय बनाउनु हुदैन भन्ने लबिङमा देखिएको छ भने डा. भट्टराईले क्षेत्र छोडदा झन कमजोर हुने भन्दै अर्को समुह सक्रियताको पक्षमा देखिएको छ।

तपाइँको प्रतिक्रिया ।