बुढानिलकण्ठमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सपन्न ,रिलायन्सको दवदवा
कपन अनलाइन
काठमाण्डौ ,साउन २८।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बुढानीलकण्ठ नगर युवा परिषद् द्वारा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सो प्रतियोगितामा अभिषेक श्रेष्ठ प्रथम भ, नविन पुरी दोस्रो र अनिल खड्का तृतीय भएका छन ।यस्तै प्रतियोगितामा सोनिया खड्का र प्रवेश खनालले सान्त्वना पुरस्कार पाएका छन् ।
बुढानिलकण्ठ नगर युवा परिषदका अध्यक्ष तथा नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा सामाजिक विकास समितीकी संयोजक नगर कार्यपालिका सदस्य शान्ता ढकालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताका विजेतालाई नगद रु. २५ हजार , दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार र सान्त्वना पुरस्कार ५ हजार प्रदान गरिएको थियो ।नगरपालिका सभाहलमा आयोजित कार्यक्रमको निर्णायकको भुमिकामा भने गणेश मिश्र, ग्यानेन्द्र अधीकारी र विकास श्रेष्ठ रहेका थिए।
उक्त प्रतियोगिता पश्चात भएको समापन कार्यक्रमको अतिथिमा नगर प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराई, सुशासन समिति संयोजक एवं वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं ८का अध्यक्ष सुमन तामाङ, वडा नं का ५ सदस्य हेप्सिवा तामाङ, नगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह, नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रुपेश भट्टराई लगायत रहेका थिए।
नगर युवा परिषद कार्यकारी सदस्य, नगर वडा युवा परिषद अध्यक्ष्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका लगायत युवाहरुको उपस्थिति रहेको कार्यक्रममा प्रथम भएका अभिषेक श्रेष्ठ रिलायन्स इन्टरनेसनल एकेडेमीको कक्षा १२ मा अध्ययनरत रहेका छन भने दितीय भएका नबिन पुरी कक्षा ११ मा अध्ययनरत रहेका छन। त्यस्तै उक्त प्रतियोगितामा सोहि विद्यालयको कक्षा १० मा अध्ययनरत प्रवेश दाहालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन ।
तपाइँको प्रतिक्रिया ।