सार्वजनिक सम्पत्ति सदुपयोगमा मेयर मिठारामको सकारात्मक पहल ,चौतर्फी प्रसंशा

सार्वजनिक सम्पत्ति सदुपयोगमा मेयर मिठारामको सकारात्मक पहल ,चौतर्फी प्रसंशा

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले निरन्तर रुपमा सार्वजनिक सम्पत्तिको सदुपयोगमा जोड दिदै आएका छन। यसको पहल उनले नगर प्रमुखले प्रयोग गर्ने सार्वजनिक सवारीको उपयोग कार्यालय दिनमा मात्र प्रयोग गरेर शुरुवाट गरेका हुन्।

सनिवार होस् वा कुनै पनि सार्वजनिक विदाको दिन होस् बुढानिलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीलाई प्राय उनको निजि स्कुटरमा देखिने गरिएको छ।

नगरपालिकाले उपलव्ध गराएको सवारी उनले त्यस्ता विदा परेका दिनमा प्रयोग नगर्ने घोषणा गरे संगै निजि सवारी प्रयोग गर्दै आएका छन भने यसले निकै प्रसंशा पनि बटुल्दै आएको छ।

सरकारी सुविधा भनेपछि मरिहत्ते गर्ने अहिलेको परिपेक्षमा मेयर अधिकारीको पहलको नगरवासीले निकै प्रसंशा गरेका छन भने विभिन्न राजनीतिक दलका व्यक्तिहरुले पनि यो कामलाई निरन्तरता दिन सुझाव समेत दिएका छन।

यसै क्रममा सनिवार बुढानिलकण्ठ -१० मा भएको एक कार्यक्रममा स्कुटरमा सवार हुदै पुगेका उनको प्रसंशामा नेकपा एमालेका धेरै नेता तथा कार्यकर्ताहरुले आफ्नो सामाजिक संजालमा धेरै शव्दहरु खर्च समेत गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।