कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को उपस्थित हुने सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, साउन १५ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ ले उपस्थित हुने सम्बन्धी सार्वजनिक सुचना जारि गरेको छ वडा अध्यक्ष सुरज खड्काले जारी गरेको उक्त सुचनामा पूर्वी काठमाडौँ, नयाँ शहरी विकास आयोजनाको pilot project ( p1) को रुपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को आकासे फांट आलापोटको करिब १४३० रोपनी क्षेत्रफलको जग्गा एकीकरण मार्फत नयाँ शहर विकास गर्न छनौट भएको हुनाले सो क्षेत्रमा बोबास गर्ने जग्गा धनि मोही तथा सरोकारवालाहरु सबै संग छलफल कार्यक्रम तथा उपभोक्ता समिति गठन गर्न सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।
साथै मिति२०८० साल साउन १५को चलानी नं ४ को पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको प्राप्त सुचना अनुसार २०८० साल साउन १९ गते शुक्रबार बिहान ८ बजे श्री बालविकास मा.बि आलापोट मा सो क्षेत्रमा बसोबास गर्ने जग्गाधनी, मोही, तथा सरोकारवालाहरुलाई अनिवार्य उपस्थित भइउक्त छलफल तथा समिति गठन कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।