निरन्तर उत्कृस्ट नतिजा सहित शैक्षिक विकासको अब्बल लयमा पिक पोइन्ट एकेडेमी

निरन्तर उत्कृस्ट नतिजा सहित शैक्षिक विकासको अब्बल लयमा पिक पोइन्ट एकेडेमी

कपन अनलाइन
काठमाडौं, साउन८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको पिक पोइन्ट एकेडेमीले निरन्तर रुपमा उत्कृस्ट नतिजा सहित विभिन्न उपलव्धिहरु प्राप्त गर्दै आएको छ।

एसइइ  परिक्षमा हरेक वर्ष अब्बल नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले २०७९ सालको परिक्षामा पनि निकै राम्रो नतिजा प्राप्त गरेको छ।यस वर्षको नतिजामा बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयहरु मध्ये उत्कृस्ट १५ भित्र पर्न सफल यस विद्यालयले नियमित पठन पाठनका साथमा अतिरिक्त क्रियाकलापहरुलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

२०७० सालमा पहिलो पल्ट एसएलसी परिक्षामा सामेल भएको सो विद्यालयले ८७.२५ प्रतिसत सहित १३ मध्ये १० जना विद्यार्थीहरुलाई प्रथम श्रेणीमा पास गराउन सफल भएको थियो ।

२०७५ सालको परिक्षामा जिपीए  ४ सहित नेपाल टप गरेको उक्त विद्यालयले अन्य वर्षका परिक्षाहरुमा पनि निकै राम्रो नतिजा ल्याएको प्रिन्सिपल विनय श्रेष्ठले जानकारी दिएका छन।

पिक पोइन्ट एजुकेसन नेटवर्क अन्तर्गत विभिन्न शैक्षिक संस्थाहरु संचालन गर्दै आएको विद्यालयले आगामी दिनमा सुविधा सम्म पूर्वाधार निर्माणको तयारी गरेको जानकारी दिदै प्रिन्सिपल श्रेष्ठले विद्यालयलाई सृजनात्मक अभ्यासको चौतारी बनाउने योजना रहेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।