काठमाडौं महागरपालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णय

काठमाडौं महागरपालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णय

कपन अनलाइन

काठमाण्डौ ,साउन ७।

काठमाडौं महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो।  नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ।

नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन्।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगर सभाले पारित गरे पनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको जानकारी दिए। नगर सभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ।

नगर सभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ तर प्रमाणीकरण भएको भोलिपल्टदेखि नै पुरानो समिति स्वतः भङ्ग हुनेछ भने वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने छन्।

 

तपाइँको प्रतिक्रिया ।