बालबालिकालाई बाल विकास समाजद्वारा शैक्षिक सामग्री वितरण
कार्यक्रममा वडा भट्टराईले यस संस्थाले बालबालिकाको समृद्धिका लागि गरेको काम प्रशंसनीय रहेको र आगामी दिनमा पनि बालअधिकार सुनिश्चितका लागि संस्थासँग सहकार्य गर्न वडा सधै तयार हुने कुरा पनि बताएका थिए ।
संस्थाको मुख्य उद्देश्य नै शिक्षा स्वास्थ्यमा निम्न वर्गीय बालबालिकाको पहुँच वृद्धि गर्नु साथै बालअधिकारलाई प्रवद्र्धन गर्नका लागि तिनै तहका सरकारलाई सहयोग गर्नु हो । सामुदायिक विद्यालयमा सामान्य शुल्क तिर्न नसक्ने, आवश्यक शैक्षिक सामग्रीको अभावमा धेरै बालबालिकाहरु विद्यालय बाहिर हुने अवस्थालाई बाल विकास समाजले आफ्नै आन्तरिक श्रोत व्यवस्थापनबाट सहयोग गर्दै आइरहेको छ ।
सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो प्रयासलाई निम्नवर्गीय बालबालिकाको समस्यासँग जोडेर सहयोग गर्न पाउदा हामी एकदम खुशी छौ । हाम्रो लागि बालबालिको समृद्धि उनीहरुको खुुशी उनीहरुको सबलता नै मुख्य सवाल हो । आर्थिक अभावका कारण वर्षेनी हजारौ बालबालिका विद्यालय बाहिर हुने अवस्थालाई हामीले थोरै भरथेग गर्ने प्रयास मात्र गरेको कुरा संस्थाका महासचिव काजीबाबु पाण्डेयले बताए ।
शैक्षिक वर्ष २०६० देखि २०७९ सम्ममा बाल विकास समाजको सहयोगमा अध्ययन गरेका १६४ जना बालबालिकाहरुले एस इ इ पास आउट भइसकेका छन । संस्थाले हरेक वर्ष १२० भन्दा बढी बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रममा समेटिरहेको छ तर यो शैक्षिक वर्षमा भक्तपुरको एक विध्यालय र काठमाडौंका ४ विध्यालयमा जम्मा ८० जना बालबालिकाहरु छात्रवृत्तिका समेटिएको छ ।
संस्थाका सल्लाहकार, कार्यसमिति पदाधिकारी, आजिवन सदस्य, सिटिजन्स् बैंक, कर्मचारी, शुभ चिन्तक तथा समाजसेवीहरुबाट बालबालिकालाई शैक्षिक सहयोग गर्ने गरिएको कुरा संस्थाका अध्यक्ष सुवास गौतमले बताएका छन ।
संस्थाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने निम्नस्तरका बालबालिकाहरुको शिक्षामा पहुँच वृद्धिका लागि गरेको कार्य उदाहरणीय बनिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।