प्राविधिक हटाउने प्रकरणमा रबिन अधिकारी भन्छन, “कहिलेकाही पछाडी फर्कदा पनि राम्रो हुन्छ”

प्राविधिक हटाउने प्रकरणमा रबिन अधिकारी भन्छन, “कहिलेकाही पछाडी फर्कदा पनि राम्रो हुन्छ”

कपन अनलाइन

काठमाण्डौ ,साउन २।

नेपाली कांग्रेस बुढानिलकण्ठका नेता रबिन अधिकारीले नगरपालिकाका प्राविधिक कर्मचारी हटाउने निर्णयबाट पछाडी फर्कदा राम्रो हुने बताएका छन।

आफ्नो सामाजिक संजालमा लेख्दै नेता अधिकारीले कुनै पनि निर्णयले स्थापित वा बिस्तापित गराउने भन्दै नगरमा सबैभन्दा धेरै जनसरोकार राख्ने शाखाका कर्मचारीहरुलाई हठात हाउने निर्णय प्रत्युपादक हुने तर्फ ध्यान दिनुपर्ने धारणा राखेका छन।

बुढानिलकण्ठ नारायण जस्तै बुढानिलकण्ठका नागरिकहरुलाइ पनि शान्त तबरले निदाउन दिउ भन्दै उनले प्राबिधिकहरु ३ तहकै सरकारका मेरुदण्ड रहेकोले स्पस्टिकरणको मौका पनि दिनुपर्ने विचार सार्वजनिक गरेका छन।

स्वम जनप्रतिनिधिहरुबाटै अन्याय  भएमा नागरीक कहाँ जाने ? भन्ने प्रश्न गर्दै अधिकारीले पाइला पछाडी हटनुनै बुद्धिमता हुने बताउदै नगरपालिकाका प्राविधिक कर्मचारीहरुलाई विधि सम्मत स्पष्टीकरणको मौका दिएर हटाउने वा नहटाउने निर्णयमा पुग्दा नगरपालिकालाई फाइदा पुग्ने धारणा व्यक्त गरेका छन।

असार २४ गते बसेको कार्यपालिका बैठकको निर्णयमा भनिएको छ ,”नगरपालिकामा करारमा रहेका (इन्जिनियर ,सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर) म्याद नथपी स्वीकृत दरवन्दीमा स्थायी पदपूर्तिका लागि प्रदेस लोक सेवा आयोगलाई अनुरोध गर्ने। स्थायी पदपूर्ति भइ नआएसम्मका लागि सार्वजनिक रुपमा बिज्ञापन आव्हान गरी सेवा प्रवेस गर्न इच्छुक र योग्य उम्मेदवारलाई खुल्ला प्रतिस्पर्धात्मक परिक्षा द्वारा करारमा नियुक्ति गर्ने। ”

तपाइँको प्रतिक्रिया ।