जय बुढानिलकण्ठ : कृष्ण भट्टराई (कविता )
कपन अनलाइन
काठमाडौँ, असार २९ ।
ए नजर तेरो कस्तो नजर
जति राम्रो गरे पनि नहुने
तेरो / हाम्रो नजर
केहि त राम्रो भए होलान
की सबै नराम्रो मात्र होर ?
एउटा नजर छ जो सधै राम्रो देखछ्
सधै राम्रो सुन्छ सबैको भलो होस भन्छ ।
अर्को ठ्याक्कै उल्टो छ
अर्को आखा जो छ
उ कसैको राम्रो देख्दैन
राम्रो लाई पनि धूमिल देखछ्
फोहोर देखछ् , नराम्रो देखछ्
सकेसम्म गलत नै हो
भन्ने पार्न खोज्छ उक्साउछ
धमकाउछ सहिलाई गलत
सावित गराउन
आफ्नो बलले नभ्याए पनि
बिरोधको लागि विरोध गरीरहन्छ ।
हो उसलाई पनि थाह छ
म सही छैन सबै गलत हैन
तर पनि
आफ्नो अस्तित्वको हेक्का राख्दैन
कहा टेकेको छु हेर्दैन
उ निरन्तर लागि रहन्छ लागि रहन्छ
समय सँगै हाम्रो बुनपा अघि बढीरहन्छ ।
तपाइँको प्रतिक्रिया ।