कागेश्वरी मनोहरा नगरपालिकाले शुरु गर्यो लम्पी स्किन रोग बिरुद्द खोप अभियान

कागेश्वरी मनोहरा नगरपालिकाले शुरु गर्यो लम्पी स्किन रोग बिरुद्द खोप अभियान

कपन अनलाइन

काठमाडौं असार २७ । गाईभैँसीमा देखिने लम्पी स्किन रोगको सङ्क्रमण रोकथामका लागि काठमाडौंको कागेश्वरी मनोहराले नगरपालिकाले खोप अभियान सुरु गरेको  छ।कागेश्वरी मनोहरा नगरपालिकाका पशु विकास अधिकृत कृष्ण प्रसाद बन्जाडेका अनुसार वडा नम्बर ७ बाट लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरिएको हो।

खोप अभियानलाई सफल पार्न सम्बन्धित किसानले आ–आफ्नो वडामा सम्पर्क राखी खोप कार्यमा संलग्न प्राविधिकहरूलाई सहजिकरण गरिदिन नगरपालिकाले आग्रह गरेको छ। खोप लगाउनका लागि किसान कार्ड अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ।

नेपालमा पहिलो पटक २०७७ सालमा सङ्क्रमणजन्य लम्पी स्किन रोग पुष्टि भएको थियो। त्यसबेला करिब ३ हजार पशुमा यो रोग पुष्टि भएको थियो। लम्पी स्किन रोग लागेका पशुमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायतका लक्षण देखापर्छ।

तपाइँको प्रतिक्रिया ।