शंखरापुर ३ जहरसिङ पौवामा हाप्किडो राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, असार २५ । शंखरापुर नगरपालिका वडा नं ३ जहरसिङ पौवामा राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ । बुधबार नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा जहरसिङ पौवाको श्री कालिका शरण माध्यामिक विद्यालयको प्राङ्गणमा भएको उक्त राष्ट्रपती खेलकुद महिला सहभागिता अभिवृद्धि तथा आत्मरक्षा तालिमको नगर प्रमुख रमेश नापितले उद्घाटन गरेका हुन ।
कार्यक्रममा नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगर, नगर प्रवक्ता राधा कृष्ण श्रेष्ठ, शांखु प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक फुलमाया घिसिङ, कुन्ती देवी फाउन्डेसनका अध्यक्ष तथा समाजसेवि कुन्ती देवी पोख्रेल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रविन गुरुङ, केन्द्रिय प्रशिक्षक भुवन बुढा मगर र टेकराज केसी लगायत प्रशिक्षकहरु, बिभिन्न विधालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक शिक्षकहरु र खेलाडी तथा बिद्यार्थीहरुको उपस्थिति थियो ।
तालिममा ८५० जना खेलाडी तथा बिद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीहरुलाई नेपाल हाप्किडो संघका प्रशिक्षकहरु पदमा खयरगोली, बिजया कुमारी वाईवा, कृति गिरी, वर्षा ठेडी मगर, निक्कु विश्वकर्मा, अस्मिता महरा, अनिता भण्डारी, सिर्जना अधिकारी, रिता सुनार, प्रिती गुरुङ, अस्मी गुरुङ, समिता गुरुङ र प्रसंशा गुरुङले प्रशिक्षण दिएका थिए ।
तालिमबाट सहभागीहरुले आफ्नो क्षमता अभिबृद्धी र आत्मरक्षा सम्बन्धी ज्ञान र कौशल सिकेको आयोजकले जनाएको छ । तालिमकी संयोजक एवं प्रशिक्षक विजयाकुमारी वाईवाले उद्देश्य अनुसार तालिम सफल भएको महसुस् गरेको बताइन् ।