प्रथम विट्स एस इ इ  फुटसल कपको उपाधि टिम केब्सलाइ

प्रथम विट्स एस इ इ  फुटसल कपको उपाधि टिम केब्सलाइ

कपन अनलाइन

काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिका वडा नं ६ तीनचुलीमा संचालित विट्स एकेडेमी कलेज द्वारा आयोजित  प्रथम विट्स एस इ इ  फुटसल कपको उपाधि टिम केब्सले जितेको छ ।

विभिन्न विद्यालयबाट एस.इ.इ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका  साथ  यहि असार ४  र ५ गते गरि दुइ दिन सम्म ग्रीन फुटसलमा चलेकोउक्त प्रतियोगितामा कुल ३२ वटा टिमको सहभागिता रहेको थियो असार २ गते भएको फाइनल खेल केब्स एकेडेमी र यङ ब्लड बीच भएको थियो निकैनै   प्रतिस्पर्धात्मक बनेको उक्त खेल  २-२ गोल अन्तरको बराबरीमा सकिए पछि निर्णायकले पेनाल्टी शुट आउट बाट निर्णय गरेका थिए ।

पेनाल्टी शुटआउटमा केब्स एकेडेमी बिजयी भयो । प्रतियोगितामा  उत्कृष्ट खेलाडी यङ ब्लड टिमका  तिलक थापा मगरघोषित भए भने सर्वाधिक गोलकर्ता यङ ब्लडका निर्जल खड्का र उत्कृष्ट गोल रक्षक केब्स एकेडेमीका बिबेक श्रेष्ठ घोसित भए । प्रतियोगितामा बिजयी केब्सले नगद पुरस्कार रु १५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप बिजेता यङ ब्लडले नगद रु  १० हजार सहित  मेडल र प्रमाणपत्र प्राप्त भने भर्नामा गरेका छन भने दुवै टिमलाइ   पूर्ण छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।  त्यसैगरि उत्कृष्ट खेलाडीहरुले ट्रफी  प्राप्त गरेका छन ।

बिजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि हिसान बागमती प्रदेश अध्यक्ष तथा  जया मल्टिपल कलेजका प्रिन्सिपल भवानी प्रसाद पौडेल, बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य रग्वा शेर्पा,  शैलेश श्रेष्ठ विट्स एकेडेमी कलेजका प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठ एकेडेमीक डिरेक्टर मिलन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।