गोकर्णेश्वरमा सानो बजार उद्घाटन

गोकर्णेश्वरमा सानो बजार उद्घाटन

कपन अनलाइन

काठमाडौं, असार ७ ।गोकर्णेश्वर नगरपालिका द्वारा जोरपाटीमा स्थापित तथा सानो बजार ब्यबसायीबाट संचालित सानो बजारको उद्घाटन गरिएको छ । सानो बजार ब्यबसायी समुहका अध्यक्ष बद्री खतिवडाको अध्यक्षतामा  भएको उक्त  कार्यक्रममा प् प्रतिनिधि सभा सांसद सन्तोष चालिसेको प्रमुख अतिथ्यता रहेको थियो  भने  बिशेष अतिथिको रुपमा  प्रतिनिधि सभा सदस्य  शान्ती श्रेष्ठ, नगर प्रमुख दिपक कुमार रिसाल,उप प्रमुख सान्नानी लामा, पुर्व सांसद कृष्ण बहादुर  राई,वडा अध्यक्षहरु,वडासदस्यहरु,सानोबजार ब्यबसाय समितिका सदस्यहरु,जनप्रतिनिधिहरु उपभोक्ता तथा स्थानियको  उपस्थिति रहेको कार्यक्रम संचालन समितिका सचिब बिष्णु ढकालले गरेका  थिए ।  समितिका सदस्य लक्ष्मी केसीले स्वागत गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायतले स्थापित सानो बजारको  रिबन काटी उद्घाटन गरिएको थियो।

कार्यक्रममा नेकपा माओबादी केन्द्र नगर कमिटीका अध्यक्ष किरण नेपाल,चामुन्डा सहकारी संस्था लिमिटेडका सचिब सरोज श्रेष्ठ,नगर प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,नगर उपप्रमुख सान्नानी लामा,प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा  पूर्व संसद कृष्ण बहादुर राइ लगायतले शुभकामना मन्तब्य राखेका थिए।

 शुभकामना मन्तब्य राख्दै नगर प्रमुख दिपक कुमार रिसालले  लामो समयदेखी ब्यबसाय गर्दै आएका व्यापारी उधमीलाई बिस्थापन गर्नु समाधानको बिकल्प नभएकोले नयाँ ठाउँमा नयाँ बजारको स्थापना गरि स्थानान्तरण गरिएको बताए सानो बजार भएको ठाउमा नगरपालिकाको प्रशासकीय भवन निर्माण हुने बताउदै उक्त ठाउमा व्यवसाय गर्दै आएकाहरुलाई बल पुर्वक हटाउन सकिने भए पनि त्यो समाधानको बिकल्प नभएको हुँदा नया ठाउमा नया बजारको स्थापना गरिएको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै  प्रमुख अतिथी सन्तोष चालिसेले लामो समय पछिको कसरतबाट कसैको आँखामा आँसु बिना हासो छर्न सकिएको बताए। यो बजार ब्यबस्थापनले आगामी अझै राम्रो आर्थिक उन्नती गर्न सकिने,सहज रुपमा ब्यापार संचालन गर्न सकिने बताएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै समितिका अध्यक्ष बद्री खतिवडाले उपस्थित सबैलाई धन्यवाद प्रदान गरेका थिए । सानो बजारको बित्तीय सहकार्य कुमारी बैंकले  गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।