श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा संचालित एक हप्ते क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम सम्पन्न

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा संचालित एक हप्ते क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं, असार ४  । महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्य सहित क्रिष्टल माला, चुरा, पोते बनाउने एक हप्ते  तालिम  सम्पन्न भएको छ ।  श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग तथा दीपश्री क्रियटिभ मिडियाको आयोजनामा जेठ २८ गते देखि शुरु भएको उक्त तालिम असार ३ गते आइतबार सम्पन्न भएको हो । श्री बौद्धनाथ क्षेत्र विकास समितिको तालिम हलमा संचालित उक्त तालिमको आइतबार एक कार्यक्रमका बीच प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

  कार्यक्रम संयोजक समेत रहेकी दीपश्री क्रियटिभ मिडियाकी  संजिता धितालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ सदस्यहरु पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ , प्रशिक्षक  प्रमिला शाह सहित प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।  दीपश्री क्रियटिभ मिडियाका अध्यक्ष दिपक लामिछानेले संचालन गरेको उक्त समापन कार्यक्रममा  प्रशिक्षक प्रमिला शाहले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन ।

   तालिममा  काठमाडौं महानगरपालिका वडा नं ६ क्षेत्रमा बसोबास गर्ने २४ जना  महिलाहरुको सहभागिता रहेको  थियो  । उक्त तालिममा क्रिष्टलबाट टप, औठी, चुरा, साडीपिन, चिम्टी, हेडवेण्ड, हार, पोते, हेयर पिन लगायतका सजावटका सामग्री बनाउन सिकेको सहभागी प्रशिक्षार्थीहरुले बताएका थिए । उनीहरुले  समय छोटो  भएको भन्दै आगामी दिनमा अझ लामो समयको एडभान्स तालिमको आयोजना गर्न अनुरोध गरेका थिए ।

 

 कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथि  श्री बौद्धनाथ क्षेत्र विकास समितिका  अध्यक्ष राजकुमार लामाले प्रमाण पत्र वितरण गरेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बिशेष अतिथि  श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङले तालिममा सिकेको सिपलाई  व्यवहारमा उतारी व्यवसायिक बनि आत्मनिर्भर बन्न उत्प्रेरित गरेकी थिइन । आर्थिक रुपमा सशक्त बन्न सीप सिक्नु र त्यसलाई व्यवहारमा प्रयोग गर्न उनको जोड  रहेको थियो ।

 कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि  श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्षराजकुमार लामाले आयोजकलाइ धन्यवाद दिदै  कार्यक्रमबाट महिलाहरुमा आत्मनिर्भर बढाउनुका साथै घरैमा बसेर पनि आम्दानी गर्न सकिने अवस्था सृजना भएको बिश्वास ब्यक्त गरेका थिए । उनले महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा पछाडि परेको बताउँदै सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।

उनले महिला सशक्तिकरणका लागि श्री बौद्ध नाथ क्षेत्र बिकास समितिले यस्ता खालका धेरै कार्यक्रमहरु गर्दै आएको बताए ।  दुइपटक कौशी खेति तालिम, कफी बनाउने तालिम लगायतका  बिभिन्न शिपमुलक तालिम दिएको स्मरण गरेका थिए । उनले तालिममा सहभागीहरुलाई सिकेका शिपलाइ व्यवहारमा  उतारी ब्यवशायीक रुपमा उत्पादन गरि आत्मनिर्भर बन्न  समेत अनुरोध गर्दै  आगामी दिनमा  महिला लक्षित शिपमुलक तालिम लगायतका कार्यक्रम गर्दै जाने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।